नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आफूनिकट पदाधिकारीहरूको बैठक बसेको छ।
सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पदाधिकारी र पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्य पनि बैठकमा रहेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भने बैठकमा बोलाइएको छैन।
महामन्त्रीद्वयले वैशाखमा महाधिवेशन गर्ने गरी केन्द्रीय कार्यसम्पादनले पारित गरेको कार्यतालिकामा फरक मत राखेका थिए।
साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मागेअनुसार विधानको धारा १७ को २ अनुसार पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उनीहरू छन्।
सभापति देउवाले आगामी चुनाव र पार्टीभित्रको आन्तरिक विषयका बारेमा आफूनिकट नेताहरूसँग राय लिन बैठक राखेको एक पदाधिकारीले जानकारी दिए।