नेकपा एमाले दोलखाले पार्वत गुरूङलाई एकल उम्मेदवार सिफारिस गरेको छ। आइतबार एमाले दोलखाले पत्रकार सम्मेलन गर्दै गुरूङलाई एकल उम्मेदवार सिफारिस गरेको बताएको हो।
फागुन २१ गते हुने निर्वाचनका लागि एमालेले एक महिलासहित ३ जना उम्मेदवारको नाम पठाउन भने पनि २३ भन्दा बढी निर्वाचन क्षेत्रबाट एकल उम्मेदवार सिफारिस भएका छन्।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार दर्ता आगामी माघ ६ गते गर्ने कार्यतालिका छ।