नेपाली कांग्रेसले शुक्रबार तीन जिल्लामा चुनावी सभा गर्ने भएको छ।
तीन वटै उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
कांग्रेसले रुपन्देहीको बुटवल, बागलुङको बागलुङ बजार र कास्कीको पोखरामा चुनावी सभा गर्न लागेको हो।
ती सभामा सभापति थापासहितका पदाधिकारीहरू सहभागी हुने बताइएको हो।
बिहान ११ बजे बुटवलमा सभा हुनेछ। दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा हुनेछ।
कांग्रेसले बिहीबार सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। सुर्खेतमा उपसभापति पुष्षा भुषाल गौतम रहेकी थिइन् भने उपसभापति शर्मा हिजो नवलपरासी पश्चिममा रहेका थिए।