प्रतिनिधी सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङको मत गणना सुरु भएको छ।
प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले सुरुवाती अग्रता लिएका छन्।
हालसम्म गणना गरिएको ४९५ मतमा कांग्रेस उम्मेदवार गमप्रसादले १७७ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले ११८ मत पाएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसीले ११० मत र नेपाली कम्युनिस्ट पार्टीका हरिजंग तामाङले ३४ मत पाएका छन् ।
बिहिबार भएको प्रतिनिधी सभा निर्वाचनमा लमजुङमा ७६ हजार ६३१ मत खसेको थियो। जिल्लामा १ लाख ३७ हजार १२४ मतदाता रहेका छन्।