नेपाली कांग्रेस ९ वटा निर्वाचन क्षेत्रमा अघि देखिएको छ।
अहिलेसम्म ८८ क्षेत्रको मतगणना भएको भएको छ।
त्यसमध्ये २ क्षेत्रमा मतपरिणाम आइसकेको छ। रास्वपा र नेपाली कांग्रेसले एक-एक क्षेत्र जितेका छन्।
कांग्रेस कैलाली २, कपिलवस्तु ३, लमजुङ, सिन्धुपाल्चोक २, ललितपुर १, सुर्खेत १, दैलेख १, रसुवा, तेह्रथुममा अघि देखिएको छ।
कांग्रेसबाट कैलाली २ मा विजय स्वाँर उम्मेदवार छन्। उनले अहिलेसम्म १४६ मत ल्याएका छन्।
कपिलवस्तु ३ मा अभिषेक शाह उम्मेदवार छन्। उनले २५३१ मत ल्याएका छन् भने लमजुङमा गमप्रसाद गुरूङले ३७६ मत ल्याएका छन्।
साथै सिन्धुपाल्चोक २ मा वंशलाल तामाङले ३३८ मत, ललितपुर १ मा उदयशम्शेर राणाले ४३९६ मत, सुर्खेत १ मा विष्णु खड्काले १११३, दैलेख १ मा बासना थापाले २५००, रसुवामा मोहन आचार्यले ४ हजार १० मत, तेह्रथुममा सन्तोष सुब्बाले ३४२२ मत ल्याएका छन्।
मतगणना भइरहेको छ।