प्रतिनिधि सभाको बिहीबार भएको मतदानको जारी मतगणनामा काभ्रे–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता लिएको छ। रास्वपाका बदन भण्डारीले ५ हजार १०८ मत प्राप्त गरेका छन्।
प्रतिस्पर्धी नेकपा एमालेका अशोक ब्याञ्जुले २ हजार ४८ मत ल्याएका छन्। कांग्रेसका मधु आचार्यले १ हजार १८७ मत ल्याएका छन्।
अहिलेसम्म धुलिखेलको वडा नम्बर १ देखि ७ सम्म गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।