मोरङ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीले अग्रता लिएका छन्।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले उनलाई पछ्याइरहेका छन्।
रास्वपाका कार्कीले हालसम्म १ हजार ९३ मत प्राप्त गरेका छन् भने शर्माले ९ सय ६३ मतका साथ पछ्याइरहेका छन्।
श्रम संस्कृति पार्टीका अमिर मगरले ८ सय ९२ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका इरन कुमार राई २८६ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका देउमान सम्वाहाङफेले १३ मत प्राप्त गरेका छन्।
मतगणना जारी छ।