डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार ६८ वर्षीय खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
यहाँ नेकपा एमालेका उम्मेदवार दीपकबहादुर धामी १४ हजार एक सय १० मत ल्याएका छन्।
रास्वपाका उम्मेदवार नरेन्द्रबहादुर खड्का १३ हजार २ सय ७० मत ल्याएका छन्।