नेकपा एमाले नेता गोकुल बास्कोटाले पार्टीले अहिलेका कमीकमजोरी नसच्याए अर्को पटक सकिने टिप्पणी गरेका छन्।
निर्वाचनमा पराजय व्यहोरेपछि पार्टीको नीति र नेतृत्वबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहेका बेला बास्कोटाले यस्तो धारणा राखेका हुन्।
उनले पाँच वर्षअघिको घटनाक्रमबारे पनि स्मरण गरेका छन्।
‘पाचवर्ष अघि मैले भनेको थिएँ– यो नेकपाको क्लाइमेक्स (उत्कर्ष) र कोल्याप्स (अवसान) को समय हो। वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो। तर विचार, सगंठन र व्यवहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कमजोर,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन््।
तत्कालीन समयमा सोभियत संघबाट नसिकेको र चिनियाँ नक्कल (सुपरफ्लप) कामयाव हुन नसकेको बताएका छन्।
‘सक्किएको त छैन नसच्याए अर्को पल्ट सकिन्छ,’ उनले भनेका छन्। प्रतिनिधि सभाको हालै भएको निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी २५ सिट हाराहारी मात्रै जितेको छ।