चुनावी नतिजा सार्वजनिक भएसँगै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूबीच छलफल भएको छ।
रूपन्देही-२ बाट उम्मेदवार रहेका नेता एमाले उपाध्यक्ष विष्णु पौडेल र नेकपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेबीच बिहीबार चुनावको नतिजा र कम्युनिस्ट पार्टीहरू कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो।
भेटका क्रममा कम्युनिस्ट, वामपन्थी, प्रगतिशील र अग्रगामी शक्तिहरूका बीचमा सहकार्य र ध्रुवीकरण गरेर जाने विषयमा गम्भीर छलफल भएको पाण्डेको भनाइ छ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले देशैभर झन्डै दुई तिहाइ सिट ल्याएपछि पुराना राजनीतिक दलहरू आन्तरिक समीक्षा गरिरहेका छन्।
यहीबेला एमालेका उपाध्यक्ष र नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' निकट पाण्डेबीच भेट भएको हो।