पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ।
सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको उनको सचिवालयले जनाएको छ।
अध्यक्ष ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसपछि उनी अस्पतालमै थिए।
ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश दिएको थियो। उनी हाजिरी जमानीमा रिहा भइसकेका छन्।
तर उनी स्वास्थ्य उपचारका लागि अस्पतालमै छन्।