सभामुख डोलप्रसाद अर्यालले पूर्व सभामुखहरूसँग भेटवार्ता गरेका छन्।
सभामुख अर्यालले आज पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेको उनको सचिवालयले जानकारी दिएको छ।
भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको सभामुखको सचिवालयको भनाइ छ।
चैत २२ गते अर्याल निर्विरोध सभामुख निर्वाचित भएका थिए।