सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रूबीकुमारी ठाकुरबीच भेटवार्ता भएको छ।
उपसभामुख ठाकुरसँग आज सभामुखले शिष्टाचार भेटवार्ता गरेको सभामुखको सचिवालयले जनाएको छ।
भेटमा सभामुखले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल गरेका थिए।