नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माइतीघरमा प्रदर्शन गरेको छ।
प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो।
उनीहरूले सुनखानी प्रधानमन्त्री, शेयर खानी गृहमन्त्री, झन्डा नीलो मन्त्रिपरिषद् पहेँलो, मन्त्रीहरूलाई सुनको बहार जनतालाई महँगी उपहार लगायत विभिन्न नारा उल्लिखित प्लाकार्ड प्रदर्शन गरेका थिए।
आइतबार सरकारले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो। प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्तिबारे सामाजिक सञ्जालहरूमा विभिन्न टिकाटिप्पणीसमेत भइरहेका छन्।
तस्बिरहरूः










सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।