नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक आह्वान गरेको छ।
वैशाख २ गते अनुशासन समिति बैठक बस्न लागेको हो।
सचिव दिनेश थापा मगरका अनुसार बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियान वैशाखभर सञ्चालन गर्ने तयारी गरेको छ।
तर तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले यस विषयमा विरोध जनाएको छ।
नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापति हैसितमा आज विज्ञप्ति जारी गर्दै पार्टी सदस्यता कसैले खारेज गर्न नसक्ने उल्लेख गरेका छन्।
यसअघि कार्यवाहक सभापति हैसियतमा विज्ञप्ति निकालेपछि खड्कामाथि स्पष्टीकरण सोध्नेदेखि क्रियाशील सदस्यता नै नवीकरण नगर्नेसम्म निर्णय हुन सक्ने चर्चा थियो।
कांग्रेसले खड्कालाई कार्यवाहक सभापति हैसियतमा विज्ञप्ति जारी नगर्नसमेत भनेको थियो।