नेपाली कांग्रेसले वैशाख ११ गते संसदीय दल नेता चयन गर्ने गरी चुनावी कार्यतालिका प्रकाशन गरेको छ।
निर्वाचन समितिले आज चुनावी कार्यतालिका प्रकाशन गरेको हो।
जसअनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ।
सोही दिन ४ बजेदेखि ५ बजेसम्म मतदानको समय छ। लगत्तै मतगणना गरिने कार्यतालिका छ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो।