राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना नयाँ सदस्य थप गरेको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका रामसिंह थारू, मोरङका जीवन धामीलाई थप गरेको हो।
त्यस्तै बैठकले कैलाली प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना र दाङका एकराज चौधरीलाई पनि संघीय नेतृत्व मञ्च सदस्य मनोनीत गरेको छ।