राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह चयन भएका छन्।
सोमबार बसेको केन्द्रीय समिति बैठकले अछामका शाहलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको हो।
रास्वपामा दुई जना महामन्त्री यसअघि नै छन्। कविन्द्र बुर्लाकोटी र सुनील लम्साल यसअघि महामन्त्री रहेकामा अब शाह पनि थपिएका हुन्।
आजको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।