राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सल्लाहकार परिषदमा नयाँ सदस्यहरू थपेको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले काभ्रेका जीवन प्रभा लामा, नवलपरासी पूर्वका मोती प्रसाद पंगाली, भक्तपुरका हरिप्रसाद पाण्डे र कपिलवस्तुका विष्णुहरि शर्मालाई थपेको हो।
त्यस्तै बैठकले संघीय नेतृत्व मञ्चमा ६ जना नयाँ सदस्य थप गरेको छ।
बैठकले सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका रामसिंह थारू, मोरङका जीवन धामीलाई थप गरेको हो। कैलाली प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना र दाङका एकराज चौधरीलाई पनि संघीय नेतृत्व मञ्च सदस्य मनोनीत गरेको छ।