राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद र मन्त्रीहरूको लेबी परिमार्जन गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले लेबी परिमार्जन गर्ने निर्णय गरेकोमा आज भएको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन निर्णय अनुमोदन गरेको प्रवक्ता मनिष झाले बताए।
उनका अनुसार सांसदहरूको लेवी १५ हजार कायम भएको छ। यसअघि १६ हजार ५०० थियो।
मन्त्रीहरूको १८ हजार कायम भएको छ। स्वकीय सचिवको २ हजार कायम गरिएको उनले बताए।