राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ सदस्यीय सचिवालय बनाएको छ।
सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले महामन्त्री भूपदेव शाहलाई मनोनीत र केन्द्रीय सदस्य सागर ढकाल, सरिताश्री ज्ञवालीलाई बढुवा गरेसँगै सचिवालय १६ सदस्य बनेको हो।
प्रधानमन्त्री रहेका बालेन शाहसँग सहमति हुँदा उनको समूहबाट सुनील लम्साललाई महामन्त्री र भूपदेप शाहलाई सहमहामन्त्री बनाउने मौखिक सहमति भएको थियो। त्यस्तै, बालेन शाहलाई वरिष्ठ नेता बनाउने सहमति भएको थियो।
शाहलाई वरिष्ठ नेता बनाएर पदभार समेत ग्रहण गराए पनि बाँकी निर्णय अनुमोदन भएको थिएन।
सोमबार बसेको केन्द्रीय समिति बैठकले भूपदेव शाहलाई महामन्त्री बनाएको हो।
रास्वपा सचिवालय–
रवि लामिछाने– सभापति
स्वर्णिम वाग्ले– उपसभापति
कवीन्द्र वुर्लाकोटी– महामन्त्री
भूपदेव शाह– महामन्त्री
विपिन आचार्य– सहमहामन्त्री
लिमा अधिकारी– कोषाध्यक्ष
बसुमाया तामाङ– सहकोषाध्यक्ष्य
मनिष झा– प्रवक्ता
गणेश पराजुली– सचिवालय सदस्य
दीपक बोहरा– सचिवालय सदस्य
विराजभक्त श्रेष्ठ– सचिवालय सदस्य
शिशिर खनाल– सचिवालय सदस्य
सोबिता गौतम– सचिवालय सदस्य
हरि ढकाल– सचिवालय सदस्य
सागर ढकाल– सचिवालय सदस्य
सरिताश्री ज्ञवाली– सचिवालय सदस्य