कञ्चनपुरमा मध्यराति एक किशोरको चक्कु प्रहार गरी हत्या भएको छ।
पुनर्वास नगरपालिका–५, भानुवस्तीका १८ वर्षीय उज्ज्वल सायरको सोमबार राति धारिलो हतियार चक्कु प्रहार गरि हत्या भएको हो।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्गबहादुर खत्रीका अनुसार विवाहबाट राति साढे १ बजेतिर घरतर्फ फर्किने क्रममा बाटोमा अपरिचित व्यक्तिले उनीमाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते तुल्याएका थिए।
छातीमा धारिलो हतियार चक्कु प्रहारबाट गम्भीर घाइते सायरलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पुर्याइएको थियो। एसपी खत्रीका अनुसार उनको मंगलबार बिहान (राति) साढे २ बजेतिर मृत्यु भएको हो।
विवाह घरबाट नाचगान गरी घरतर्फ फर्किने क्रममा सायरमाथि चक्कु प्रहार भएको र प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको खत्रीले बताए।
शव पोष्टमर्टमका लागि अहिले अस्पतालमै राखिएको छ।