नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ।
सानेपामा सोमबार अनुशासन समिति संयोजक तारामान गुरूङको अध्यक्षतामा बसेको बैठकले पूर्व ऊर्जा राज्यमन्त्री समेत रहेका तामाङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वकाविरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछ,’ सचिव दिनेश थापामगरले अनुशासन समिति बैठकपछि जारी गरेको निर्णयमा उल्लेख छ।
नेता कान्छारामको एक भिडिओ बाहिरिएको थियो।
के भनेका थिए कान्छारामले?
त्यही त गगनले जितोस् भन्नेमा छु के। किनभने शेरबहादुरले जित्यो भने गगनले पार्टी फुटाउँछ। फुट्नुभन्दा उसैले जितोस् न। उसँग टन्नै पैसा छ। एक अरब अस्ती खर्च गर्यो, २ अरब अझै छ।
त्यही बीचमा अर्का एक जना वृद्धले कान्छारामलाई सोध्छन्- त्यसो भए त्यो पैसा कान्छारामले गनेर आइसक्यो?