नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापा र संयोजक प्रचण्डबीच मंगलबार ललितपुरमा भेटवार्ता भएको हो।
गत पुसमा विशेष महाधिवेशनबाट थापा कांग्रेस सभापति भएका थिए। विशेष महाधिवेशनपछि प्रचण्डसँग टेलिफोनमा कुरा भए पनि यो पहिलो भेटवार्ता हो।
‘शीर्ष नेताहरूको यो नियमित भेटघाट हो, संवाद गर्नु राम्रो हुन्छ, संवादहिनताभन्दा,’ उनले भने, ‘यस्तो भेटवार्ता नेताहरूका बीचमा भइरहेका छन्।’
समसायमिक राजनीतिक घटनाक्रम लगायतका विषयमा उनीहरूबीच कुराकानी भएको थियो।