नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपा स्थापना दिवस मनाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम गरेर नेकपाले ७७ औं नेकपा स्थापना दिवस मनाएको हो।
स्थापना दिवसको कार्यक्रममा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, वामदेव गौतमसहित अरू नेता कार्यकर्ताहरू उपस्थित छन्।
२००६ वैशाख १० गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नेकपा स्थापना भएको थियो।
नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ नेकपाका संस्थापक हुन्।
वामपन्थी दलहरूले प्रत्येक वर्ष छुट्टाछुट्टै कार्यक्रम गरेर नेकपा दिवस मनाउँदै आइरहेका छन्।
नेकपा (एमाले)ले पनि पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम गरी नेकपा स्थापना दिवस मनाएको छ।
हेर्नुस् पेरिसडाँडाका तस्बिरहरू-
-ink-1776852794.jpeg)
-ink-1776852794.jpeg)
-ink-1776852793.jpeg)
-ink-1776852794.jpeg)
-ink-1776852795.jpeg)
-ink-1776852795.jpeg)
-ink-1776852794.jpeg)
-ink-1776852794.jpeg)
-ink-1776852794.jpeg)
-ink-1776852794.jpeg)
-ink-1776852793.jpeg)
-ink-1776852793.jpeg)
-ink-1776852793.jpeg)
-ink-1776852793.jpeg)
-ink-1776852792.jpeg)
-ink-1776852792.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी