प्रधानमन्त्री बालेन शाहको काँधमा अहिले दोस्रो मन्त्रालयको जिम्मेवारी थपिएको छ।
गृहमन्त्री सुधन गुरूङको राजीनामापछि उनले सम्हाल्दै आएको गृह मन्त्रालय पनि तत्काललाई प्रधानमन्त्री शाहकै मातहत राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले यसअघि नै रक्षाको जिम्मेवारी आफैले सम्हालिरहेका छन्। सुरूमा उनले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। बीचमा श्रममन्त्री दीपककुमार साहलाई बर्खास्त गरिँदा त्यो मन्त्रालय पनि प्रधानमन्त्रीकै भागमा परेको थियो।
अहिले रामजी यादवलाई श्रममन्त्री नियुक्त गरिएको छ भने गौरीकुमारी यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेकी छन्।
दोस्रो पटक मन्त्रिपरिषद विस्तारपछि प्रधानमन्त्रीले रक्षा मात्र सम्हाल्न थालेका थिए। तर अब फेरि गृहमन्त्रीको राजीनामापछि यो मन्त्रालय पनि उनको भागमा परेको हो।