सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेश अनुसार अब छिटोभन्दा छिटो प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघका प्रदेश र कैलाली जिल्लाका पदाधिकारीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री शाहले त्यस्तो कुरा बताएका हुन्।
नेपाली कांग्रेसका नेता समेत रहेका शाहले भदौ २३ र २४ गतेको नवयुवाको आन्दोलनको भावना अनुसार संघ सरकार निर्वाचनबाट निर्माण भए जसरी नै स्थानीय र प्रदेश सरकारको निर्वाचन चाँडोभन्दा चाँडो हुनुपर्ने बताए।
अब तत्काल प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्ने र त्यसका लागि संघ सरकारले वातावरण निर्माण गर्नुपर्ने उनले बताएका थिए।
मुख्यमन्त्री शाहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सुदूरपश्चिम प्रदेश सरकार दृढ रहेको स्पष्ट पारे।