संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल बैठक आज बस्ने भएको छ।
सरकारले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा उक्त कार्यदल गठन गरेको थियो।
उक्त कार्यदल बैठक आज अपराह्न ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरू र कार्यदलको आगामी कामकारबाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।