स्ववियु र विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरूद्ध कानुनका विद्यार्थीहरूले मार्च पास गरेका छन्।
सरकारले शासकीय सुधार कार्यसूचीमा विद्यालय/विश्वविद्यालय हाताबाट विद्यार्थी संगठन हटाउने र विश्वविद्यालयबाट स्ववियु हटाएर स्टुडेन्ट काउन्सिल अथवा भ्वाइस अफ स्टुडेन्ट बनाउने योजना अघि बढाएको छ।
मन्त्रिपरिषदले चैत १३ गते शासकीय सुधारका यो कार्यसूची पारित गरेको थियो। ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णय कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ।
तर विद्यार्थी संगठन तथा दलहरूले यस निर्णयको विरोध गरेका छन्।
नेपाल ल क्याम्पसका विद्यार्थीहरूले पनि आज मार्चपास गरी सरकारको निर्णयको विरोध गरेका छन्। सरकारले प्रहरी युनिट राखेर भए पनि विद्यार्थी संगठन हटाउने निर्णय गरेको भन्दै विद्यार्थीहरूले विश्वविद्यालयमा प्रहरीभन्दा पनि प्राध्यापकहरू आवश्यक रहेको बताएका छन्।
तस्बिरहरू:
-1776923782.jpeg)
-1776923782.jpeg)
-1776923782.jpeg)
-1776923781.jpeg)
-1776923781.jpeg)
-1776923781.jpeg)
-1776923781.jpeg)
-1776923779.jpeg)
-1776923779.jpeg)
-1776923778.jpeg)
-1776923778.jpeg)