नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ।
सांसदहरूले छलफल गरी विधान पारित गरेर अनुमोदनका लागि पार्टीलाई पठाएका छन्।
फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो।
‘सांसदहरूको छलफलपछि विधान पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाइसकिएको छ,’ संसदीय दल नेता निर्वाचन गर्न गठित निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले भने, ‘दल नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार काम अघि बढिरहेको छ।’
उनका अनुसार संसदीय दलको विधानमा धेरै हेरफेर भने भएको छैन।
निर्वाचन कार्यतालिका अनुसार आज मतदाताको अन्तिम नामावली प्रकाशनसम्म भएको छ।
भोलि बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म संसदीय दल नेता उम्मेदवारको मनोनयन हुनेछ।
मतदान अपराह्न ४ बजेदेखि ५ बजेसम्म र लगत्तै मतगणना हुनेछ।