संघीय संसदको दुबै अधिवेशन आह्वान हाललाई स्थगित भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुबै सदन आह्वानलाई स्थगित गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।
उक्त सिफारिस अनुसार राष्ट्रपति पौडेलले स्थगित गरिसकेका छन्।
बुधबार मात्रै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद अधिवेशन आह्वान गरेका थिए।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रेस सल्लाहकार तथा अनुसन्धान विज्ञ दीपा दाहालले तयारी अपुग भएकाले स्थगितका लागि सिफारिस भएको बताइन्।
‘बजेट अधिवेशनका लागि तयारी नपुगेका कारण संसदको अधिवेशन स्थगित गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। त्यसैअनुसार राष्ट्रपतिज्यूले संसद अधिवेशन स्थगित गर्ने निर्णय गर्नु भएको हो,’ उनले भनिन्।
वैशाख ८ (मंगलबार) गतेको मन्त्रिपरिषदको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख १७ गतेका लागि आह्वान गरेका थिए।