नेकपा (एमाले) ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ।
एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले शुक्रबार राष्ट्रिय सभातर्फको सचेतकमा मेचेलाई मनोनीत गरेका हुन्।
दल नेता बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मेचेलाई सचेतकको जिम्मेवारी प्रदान गरेका हुन्।
यसअघि एमालेले राष्ट्रिय सभा दल नेतामा प्रेम दंगाल नियुक्त गरेको थियो।
झापाकी रोशनी लोपोन्मुख मेचे समुदायकी हुन्। उनी ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा पनि थिइन्।
गत माघमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट उनी निर्वाचित भएकी थिइन्।