नेपाली कांग्रेसनिकट नेपाल महिला संघको अध्यक्ष पदमा मीनाकुमारी खरेल नियुक्त भएकी छन्।
सभापति गगन थापाले आज खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन्।
कांग्रेसका १३ वटा भातृ संस्थामध्ये महिला संघसहित पाँच वटाले समयमै महाधिवेशन गर्न नसकेपछि विघटन गरिएको थियो।
महिला संघको महाधिवेशन गर्ने जिम्मेवारीसहित आज सभापति थापाले खरेललाई अध्यक्ष नियुक्त गरेका हुन्।
खरेल चितवनकी हुन्। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ मा पराजित भएकी थिइन्।