सरकारले धरानमा आधारभूत अस्पताल निर्माणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा धरान उपमहानगरपालिकालाई उपयोग गर्न दिने भएको छ।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा वैशाख २१ गते बसेको मन्त्रिपरिषद बैठकले यो प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ।
यो निर्णयसँगै धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित छाता चोकमा रहेको कित्ता नम्बर २४ को १–४–१३–१ बिघा जग्गामा स्थानीय स्तरको सुविधासम्पन्न अस्पताल बन्ने बाटो खुलेको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख छ।
धरानमा हालसम्म आफ्नै आधारभूत अस्पताल नभएको अवस्थालाई सम्बोधन गर्न संघीय सरकारले यस्तो निर्णय गरेको वक्तव्यमा भनिएको छ।