नेपाली कांग्रेसले आफ्ना कार्यक्रमहरूमा आसन ग्रहणको भाग छोट्याएको छ।
आसन ग्रहणकै कार्यक्रम लामो समयसम्म चल्ने परम्परा भत्काउँदै कांग्रेसले अब उप्रान्तका कार्यक्रमहरूमा आसन ग्रहण डेढ मिनेटभित्रै सक्ने परम्परा थालेको हो।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुदुर पश्चिमको धनगढीमा दुईदिन चल्नेगरी आज दिउँसो १२.३५ मा प्रारम्भ भएको प्रदेश स्तरीय कार्यक्रमको आसन ग्रहण डेढ मिनेटमै सकिएको छ।
कार्यक्रमको सभापतिका रूपमा प्रदेश प्रतिष्ठानका प्रमुख जनकराज चौधरी र प्रमुख उपस्थितिका रुपमा सभापति गगन थापाको आसन ग्रहणपछि अन्य नेतृत्व सबैको सामूहिक आसन गराइएको थियो l
प्रतिष्ठानका सदस्य डा. डिबी सुनारले जनाए अनुसार प्रतिष्ठानक प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको केन्द्रीय बैठकमा प्रस्ताव गरेर पारित गरे बमोजिम अब पार्टीको सबै तहको कार्यक्रममा केवल डेढ मिनेटमा आसन ग्रहण सक्नेगरी सबै तहलाई प्रेरित गर्नेगरी केन्द्रीय कार्यक्रमबाट नै सुरू गरिएको बताए।
सार्वजनिक कार्यक्रम या आन्तरिक बैठक तोकिएको समयमा सुरू गर्नुपर्ने जेठ १ देखि लागू हुने नियम पनि धनगढीबाट कार्यान्वयनमा आएको छ।
धनगढीमा सार्वजनिक सूचना बमोजिम ठिक १२.३५ मै सुरू गरिएको थियो। प्रतिष्ठानले जनाएअनुसार सबै प्रदेशको उद्घाटन कार्यक्रम १२.३५ मै प्रारम्भ हुनेछ।