नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग पछिल्लो समय संवाद हुन नपाएको बताएका छन्।
धनगढीमा शनिबार भएको कार्यक्रममा बोल्दै उनले भने, ‘पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको सन्दर्भमा केही कुरा उठाउनुभएको छ, उहाँ स्वास्थ्यलाभ गरिराख्नुभएको छ, म स्वास्थ्यलाभ कामना गर्छु। पछिल्लो समयमा कुनै संवाद हुन सकेको छैन, पक्कै पनि कुनै समयमा संवाद होला।’
निवर्तमान सभापति देउवासँग पार्टीको संस्थागत सम्बन्ध र सम्मान रहने पनि उनले बताए।
गत चैत पहिलो साता देउवा सिंगापुरबाट हङकङ गएको उनको सचिवालयले बताएको थियो। उपचारका सिलसिलामा उनी हङकङ गएको उनको सचिवालयको भनाइ थियो।