राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू जीवनी लेख्न नहिँडेको बरू इतिहास लेख्न हिँडेको बताएका छन्। आइतबार सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रमको समापनमा बोल्दै उनले आफूलाई जीवनीप्रति कुनै रूचि नभएको बताए।
‘कसैलाई लाग्ला म पार्टी सभापति बन्न, मन्त्री प्रधानमन्त्री बन्न, जीवनमा त्यसैको उद्देश्यमा लागेर हिँडेको हुँ। कसैलाई लाग्छ भने त्यो पूर्णरूपमा भ्रम हो,’ उनले भने, ‘ म जीवनी लेख्न हिँडेको होइन इतिहास लेख्न हिँडेको हुँ। मलाई जीवनीमा त्यति रुचि छैन।’
उनले रास्वपा अहिले जहाँ उभिएको छ, त्यो इतिहास लेख्ने ठाउँ भएको पनि बताए।