नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले कम्युनिस्टहरू मिल्नुपर्यो भन्ने आवाज उठ्न थालेको बताएका छन्।
यस्तो आवाज हरेक कम्युनिस्ट पार्टीभित्र र जनतामा पनि उठ्न थालेको उनले बताए।
‘सबैभित्र एकताको माग हुन थालेको छ, देशभक्त र कम्युनिस्ट शक्तिहरू मिल्नुपर्यो भन्ने कार्यकर्ता तहबाट आवाज उठेका छन्,’ २६ औं निर्मल लामा स्मृति दिवसमा आज आयोजित कार्यक्रममा उनले भने, ‘यसबीचमा म जहाँ जहाँ पुगेको छु त्यहाँ एकताबद्ध हुनुपर्यो भन्ने आवाज सबैतिर उठेको छ।’
उनले सच्चा कम्युनिस्टहरूका बीचमा एकता आवश्यकता रहेको बताए।
‘सच्चा कम्युनिस्टहरूका बीचमा एकता आवश्यकता झन् विशेष रूपले बढेको छ,’ उनले भने।
उनले गत फागुन २१ को निर्वाचनमा 'डिजाइनअनुसार नै कम्युनिस्टहरू'लाई हराइएको दाबी गरे। ‘ती खेलहरू सबै अझै सतहमा आएका छैनन्,’ उनले भने।