राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले पार्टी केन्द्रीय सदस्यहरूलाई आत्मदाह र आत्महत्याको बारेमा कुनै पनि पोस्ट नराख्न निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय समितिको जारी बैठकमा उनले मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दै यस्ता पोस्ट नराख्न भनेका हुन्।
बुधबार बसेको केन्द्रीय समितिको बैठकले यस्ता घटनाको प्रवर्द्धन वा प्रोत्साहन कुनै पनि रूपमा नगर्न विशेष ध्यानाकर्षण गराएको रास्वपाका पूर्वमहामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बताए।
‘आजको बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्य, सबै तहका पदाधिकारी र आम सदस्यहरूलाई आत्महत्या र आत्मदाहका घटना, समाचार वा जानकारीहरू सेयर नगर्न अनुरोध गरेको छ,’ उनले भने।
यो पनि:
सेतोपाटीले अपवादबाहेक आत्मदाह र आत्महत्याका समाचार प्रकाशित नगर्ने