प्रधानमन्त्री बालेन शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतल निवासमा भेटवार्ता भएको छ।
बिहीबार राति राष्ट्रको नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।
प्रधानमन्त्री सचिवालयका अनुसार उनीहरूबीच मुलुकको समसामयिक विषयमा १५ मिनेट भेटवार्ता भएको हो।
प्रधानमन्त्री भएपछि बालेन शाहले राष्ट्रपतिसँग 'वान-अन-वान' छलफल गरेका थिएनन्।
यो पनि पढ्नुहोस्: