प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीबीच भेट भएको छ।
मंगलबार अपराह्न ४ बजेतिर प्रधानन्यायाधीश शर्मालाई भेट्न आइजिपी सर्वोच्च अदालत पुगेको स्रोतले बतायो।
भेट करिब पौने ५ बजेसम्म भएको स्रोतले बताएको छ।
आइतबार मध्यराति सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाका सन्दर्भमा बुझ्न प्रधानन्यायाधीश शर्माले आइजिपीलाई बोलाएका हुन्।
भेटमा के कस्तो कुराकानी भयो भन्ने खुलेको छैन।
यसअघि सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर पूर्वप्रधान न्यायाधीश जबराको पक्राउको घटनालाई स्वेच्छाचारी बताएको थियो।
सर्वोच्चले विज्ञप्ति नै निकालेर त्यस कदमको विरोध जनाएको हो।