परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन असोज ४ गते अमेरिका गएका परराष्ट्रमन्त्री खनाल बुधबार स्वदेश फर्किएका हुन्।
उनी महासभाको विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाएका थिए।
प्रधानमन्त्री बालेन शाह भने असोज १० गते नै फर्किएका थिए।
स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरेका छन्।
पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघ महासभाका क्रममा पनि विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुख र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरी नेपालको राष्ट्रिय हितका विषयलाई प्राथमिकताका साथ उठाइएको उनको भनाइ छ।
परराष्ट्रमन्त्री खनालले ८१औँ महासभा नेपालको हित प्रवर्द्धनका लागि फलदायी भएको दाबी गरे।
तस्बिरहरूः
-ink-1790744925.jpeg)
-ink-1790744926.jpeg)
-ink-1790744925.jpeg)
-ink-1790744925.jpeg)
-ink-1790744926.jpeg)
-ink-1790744925.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।