नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष दैलेख जिल्ला अधिवेशनबाट सभापतिमा दिनेश हमाल चयन भएका छन्।
बिहीबार भएको जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा हमाल जिल्ला सभापति भएको नेता विनोदकुमार शाहीले जानकारी दिए।
यसअघि जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो।
क्षेत्रीय अधिवेशनबाट निर्वाचन क्षेत्र नं. १ मा विनोदकुमार मल्ल र निर्वाचन क्षेत्र नं. २ मा नैनबहादुर शाही क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए।
महाधिवेशन तयारी समितिले दैलेखमा महाधिवेशनसम्बन्धी गतिविधि अघि बढाउन केन्द्रीय प्रतिनिधिका रूपमा यकेन्द्र पन्त, जिल्ला संयोजकमा मिलन विश्वकर्मा र सहसंयोजकमा दिनेश हमाललाई जिम्मेवारी दिएको थियो।
देउवा पक्षले अहिलेसम्म ११ जिल्लामा नेतृत्व चयन गरिसकेको छ।