सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने महोत्तरी पुगेका छन्।
छठ मनाउन उनी मधेस पुगेका हुन्।
सभापति लामिछानेलाई २५ किलोको माला लगाएर मटियानी नगरपालिकाको लक्ष्मीनारायण मन्दिरमा स्वागत गरिएको छ।
रास्वपा नगर सभापति विपेशकुमार चौधरीले मालासहित सभापति लामिछानेलाई स्वागत गरेको लामिछानेको सचिवालयले जनाएको छ।