नेकपा (एमाले) को राष्ट्रिय भेला सुरू भएको हो।
काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार मध्याह्नदेखि राष्ट्रिय भेला सुरू भएको हो।
भेलामा पार्टीका केन्द्रीय पदाधिकारीसँगै केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी छन्।
भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्। भेलामा वरिष्ठ नेतृ विद्यादेवी भण्डारीसहित अन्य शीर्ष नेताहरूको पनि उपस्थिति रहनेछ।
भेलामा नेतृत्वदेखि पालिका तहका कमिटीसम्मका गरी ३ हजार ४१४ जना सहभागी हुने एमालेको आकलन छ।
भेलाले पार्टीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र १५ कामको कार्यान्वयनबारे छलफल गर्नेछ।
भेलामा अध्यक्ष ओलीले राजनीतिक अवस्थाबारे सम्बोधन गर्नेछन् भने पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ।
उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
राष्ट्रिय भेलालाई एमालेले स्थानीय तह निर्वाचनको तयारी समेत भनेको छ।
तस्बिरहरूः
-1794983633.jpg)
-1794983632.jpg)
-1794983632.jpg)
-1794983631.jpg)
-1794983631.jpg)
-1794983632.jpg)
-1794983633.jpg)
-1794983632.jpg)
-1794983631.jpg)
-1794983630.jpg)
-1794983630.jpg)
-ink-1794983101.jpeg)
-ink-1794983101.jpeg)
-ink-1794983101.jpeg)
-ink-1794983101.jpeg)
-ink-1794983101.jpeg)
-ink-1794983101.jpeg)
-ink-1794983100.jpeg)
-ink-1794983100.jpeg)
-ink-1794983100.jpeg)
-ink-1794983099.jpeg)
-ink-1794983099.jpeg)
-ink-1794983099.jpeg)
-ink-1794983100.jpeg)
-ink-1794983098.jpeg)
-ink-1794983098.jpeg)
-ink-1794983098.jpeg)
-ink-1794983098.jpeg)
-ink-1794983098.jpeg)
-ink-1794983098.jpeg)
-ink-1794983097.jpeg)
-ink-1794983097.jpeg)
-ink-1794983097.jpeg)
-ink-1794983097.jpeg)
-ink-1794983097.jpeg)
-ink-1794983097.jpeg)
-ink-1794983096.jpeg)
-ink-1794983096.jpeg)
-ink-1794983096.jpeg)