डडेल्धुराको अमरगढी नगरपालिका–६ को भालुमारेमा आइतबार बिहान आएको पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ।
अवरुद्ध राजमार्ग खुलाउन नगरपालिकाको स्काभेटर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
न्यौपानेका अनुसार मोटरसाइकल, जिप, कारलगायतका साना सवारी साधन चलिरहे पनि बस र ट्रकलगायतका ठूला सवारीसाधन रोकिएका छन्।
लगातारको वर्षा र हिमपातपछिको पहिरोले तीन जिल्ला बैतडी, बझाङ र दार्चुलादेखि आउने तथा जाने सवारी सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ।