सरकारले जहाज पठाएपछि चीनमा रहेका नेपालीहरू वुहानस्थित एयरपोर्टमा जम्मा भएका छन्।
विभिन्न सहरबाट नेपालीहरू बस चढेर वुहानको तिहान एयरपोर्ट पुगेका छन्।
शनिबार अपरान्ह ४ बजे सरकारले नेपाली उद्धार गर्न जहाज पठाएको छ। चीनमा रहेका नेपालीलाई लिएर जहाज काठमाडौंमा आइतबार विहान ३ बजे अवतरण गर्नेछ।
वुहानमा रहेका एक सय ८५ जना नेपाली उद्धार गर्न सरकारले जहाज पठाएको हो।
तस्वीर: रासस र अशोक साहको ट्वीटरबाट