काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली पुगेको छ।
बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा शंकास्पद वस्तु फेला परेको हो। वस्तुलाई निष्क्रिय पार्न सेनाको टोली घटनास्थलमा पुगेको हो।
नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको छ।
खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो। प्रहरी र सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएको छ।
शंकास्पद वस्तु कसले र किन हालेको भन्नेबारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।
तस्बिरहरू:











