काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू र अभियन्ता ईः का प्रतिनिधिबीच वार्ता जारी छ।
महानगरले बनाएको वार्ता टोली र ई: का प्रतिनिधिबीच मंगलबार दिउँसो राष्ट्रिय सभागृहमा वार्ता भइरहेको छ।
वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ई: का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी छन्।
भित्र वार्ता चलिरहँदा राष्ट्रिय सभागृह बाहिर भने सडक व्यवसायीहरू ऐक्यबद्धता जनाउन आएका छन्।
उनीहरू ई: सँगै बसिरहेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन ई 'सौम्य विद्रोह' थालेका हुन्।
उपमेयर डंगोलले मंगलबार बिहान ई: लगायतसँग भेटेर कुराकानी गरेकी थिइन्।
तस्बिरहरू:
-1695726569.jpg)
-1695726550.jpg)
-1695726548.jpg)
-1695726548.jpg)
-1695726543.jpg)
-1695726543.jpg)
-1695726545.jpg)
-1695726540.jpg)
-1695726540.jpg)
-1695726545.jpg)
-1695725894.jpg)
-copy-1695725874.jpg)
-1695725894.jpg)
-1695725896.jpg)
-1695725897.jpg)