काठमाडौंका प्रहरी कार्यालयअघि सयौं थान मोटरसाइकल बेवारिसे अवस्थामा खिया लागेर बसेका छन्।
उपत्यकाभरि यस्ता हजारौं सवारी साधन अलपत्र अवस्थामा छन्। कतिमा घाँस उम्रिसकेका छन् भने कतिको काम लाग्ने पार्टपुर्जा चोरी समेत भइसकेको देख्न सकिन्छ।
काठमाडौंको बग्गीखानामा मात्रै दुई हजार एक सयभन्दा बढी सवारी साधन अलपत्र अवस्थामा छन्। राख्ने ठाउँ नहुँदा एकअर्कामाथि खप्टाएर राख्नुपर्ने अवस्था आएको छ।
मापसेमा होल्ड भएका, ब्लुबुक नभएका, दुर्घटना भएका जस्ता अनेकन चेकजाँचमा समातिएका यस्ता सवारी साधन सवारीधनीले लिन नआइदिँदा प्रहरी कार्यालयमा चाङ बढ्दै गएको हो।
धनी खोजेर फोन गरेर लिन बोलाउँदा पनि नआउने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी एवं प्रवक्ता राजेन्द्र प्रसाद भट्टले सेतोपाटीलाई बताए।
यस्तै, उचित नीति नियम नबनेको कारणले पनि धेरै समयसम्म थन्किएर बसेको यी सवारी साधन के गर्ने भन्नेमा अन्योल छ। राज्यले कानुन निर्माण गरेर लिलामीमार्फत् राजस्व संकलन गर्न सकिने एक प्रहरी अधिकारीले बताए।
काठमाडौंका विभिन्न ठाउँमा देखिएका बेवारिसे सवारीहरूका केही तस्बिरहरू :
-1698682997.jpg?timestamp=1698683049736)

-1698682998.jpg?timestamp=1698683049736)

-1698682999.jpg?timestamp=1698683049736)

-1698683000.jpg?timestamp=1698683049736)
-1698683000.jpg?timestamp=1698683041609)

-1698683001.jpg?timestamp=1698683041609)

-1698683002.jpg?timestamp=1698683041609)

-1698683003.jpg?timestamp=1698683041609)

-1698683004.jpg?timestamp=1698683041609)